१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वश्रीमतीबाट चरित्र हत्या नरोकिएपछि मनोज गजुरेल कानुनी उपचारमा जाने


0
Shares

manoj gajurel

काठमाडौं, मंसिर ३० । कलाकार मनोज गजुरेलले पूर्वश्रीमतीबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिनुभएको छ ।

पूर्वश्रीमतीको क्रियाकलापबाट लगातार आफ्नो चरित्र हत्या भएको र छोराछोरीलाई समेत असर पु¥याएको उहाँले फेसबुकमा स्टाटस लेख्नुभएको छ ।

एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म चुप बसेको र अब बाध्य भएर स्पष्टीकरण दिन परेको उहाँले बताउनुभएको छ ।

मनोज गजुरेल र मिना ढकालबीच तीन वर्षअघि सम्बन्धविच्छेद हुँदा छोरा बाबु र छोरी आमासँग बस्ने सहमति भए पनि डिभोर्सको ८ महिनापछि छोरी आमासँग बस्न नरुचाएर आफूसँग बस्न आएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

सम्बन्धविच्छेदपछि मनोजमाथि विभिन्न आरोप र लाञ्छना लगाएर युट्युब च्यानलहरुमा अन्तर्वार्ता दिनुभएका मिनाले, मनोजले अर्को विवाह गर्न लागेको कुरा सार्वजनिक भएपछि फेरि अनेकन लाञ्छना लगाउन थालेको गजुरेलको गुनासो छ ।