१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माइतीघरमा आन्दोलन गर्ने किसान होइनन् : उद्योगमन्त्री भट्ट


0
Shares

काठमाडौं, मंसिर ३० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानलाई उखुको मूल्य भुक्तानी गरेको विवरण पेश गर्न चिनी उद्योगीलाई २४ घण्टे अल्टिमेटम दिनुभएको छ ।

उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शन थालेको दोस्रो दिन सोमबार मन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले आजसम्म विवरण पेश गर्न निर्देशन दिनुभएको हो ।

आन्दोलनरत किसानसँग गर्ने भनिएको वार्ता हुन नसकेपछि उद्योगीसँग वार्ता भएको र पुनः वार्ताका लागि आन्दोलनरत किसानलाई बोलाइएको छ ।

उता चिनी उद्योगीहरुले भने माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान बास्तविक किसान नै नभएको आरोप लगाएका थिए ।

छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टसँग माइतीघर मण्डलामा आन्दोलन गर्ने व्यक्तिहरु उखुकिसान नभएको जिकिर गरे ।

मन्त्री भट्टले उद्योगीहरुले आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएर विचौलिया दाबी गरेको बताउनुभयो ।

मंगलबार विहान ११ बजे उद्योग मन्त्रालयले आयोजना गर्ने छलफलमा कृषिमन्त्री र गृहमन्त्री पनि सहभागी हुने मन्त्री भट्टले जानकारी दिनुभयो ।