
काठमाडौं, मंसिर ३० । सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ ।
मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको कृषि मन्त्री घनश्याम भुषाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठकले व्यापारी पक्रने निर्णय गरेको हो ।
सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एआईजी समेत सहभागी भएको बैठकले किसानको रकम उपलब्ध नगराउने व्यापारीलाई पक्राउ गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको हो ।
अघिल्लो वर्ष सरकारकै उपस्थितिमा तिर्ने भनेर कबोल गरेको उखुको बक्यौता रकमसमेत नपाएपछि उखु किसानहरू अहिले काठमाडौंमा सडकमा आन्दोलन छन् ।
प्रतिक्रिया दिनुहोस्