१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परिषद बैठकमा नगएकामा सभामुखको जवाफः गृहकार्य र समन्वय बिनाको बैठकमा गइन्न


0
Shares

agni sapkota answer to pm

काठमाडौं, मंसिर ३० । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले पर्याप्त समन्वय र छलफल नगरिकनै बैठक राखेको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्रीले पर्याप्त समन्वय र छलफल बिना बैठक बोलाएकाले नगाएको सभामुख सापकोटाको प्रष्टोक्ति छ ।

आइतबार र मंगलबार संवैधानिक परिषद्को बैठकमा उपस्थित नभएको विषयमा प्रधानमन्त्रीको सचिवालयबाट उठाइएको प्रश्नको जवाफ पनि सभामुख सापकोटाले सचिवालयमार्फत नै दिनुभएको हो ।

मंगलबारको संवैधानिक परिषद्को बैठकमा उपस्थित हुनका लागि पूर्वतयारी, गृहकार्य र समन्वय नगरिएकाले नगएको सापकोटाको तर्क छ ।

सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो ।’

सभामुख सापकोटाले दीर्घकालीन महत्व राख्ने निर्णयमा पर्याप्त गृहकार्य र समन्वय विना प्रधानमन्त्रीको प्रस्तावलाई स्वीकार्न नसकिने अडान पनि राख्नुभएको छ ।

‘राज्य संचालनमा दीर्घकालनीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ,’ सभामुखले भन्नुभएको छ ।

सापकोटाले प्रधानमन्त्री ओलीलाई संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई स्मरण गर्न पनि सम्झाउनु भएको छ ।

यस्तो छ, सापकोटाको सचिवालयको विज्ञप्तिः