१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भारतीय गायिका नेहाको छलाङ, फोर्ब्स सूचीको शीर्ष स्थानमा


0
Shares

Neha kakar list in forbes

मुम्बई । गायिका नेहा कक्कड फोर्ब्सको सूचीको शीर्ष स्थानमा पर्न सफल भएकी छिन् । सामाजिक सन्जालमा सबैभन्दा प्रभावशाली सेलिब्रेटीको सूचीको पहिलो स्थानमा उनी परेकी हुन् ।

उनले यो खबर सामाजिक सन्जालमार्फत् नै सार्वजनिक गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फोर्ब्सको यो सूचीमा भारतका १२ जना मात्रै परेका छन् । सूचीमा परेका अमिताभ बच्चनजस्ता चर्चित हस्तीहरुलाई पछि पार्दै नेहा पहिलो स्थानमा पुगेकी हुन् ।

उनले भनेकी छिन्, ‘स्वयंप्रति निकै गर्वान्वित छु । तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिताभ बच्चन सर र शाहरुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हिस्सा म पनि भएको छु । धन्यवाद भगवान् ! तपाईंहरु सबैलाई पनि धन्यवाद ।’

नेहाको हालै मात्रै गायक रोहनप्रित सिंहसँग विवाह भएको थियो ।