
चितवन, पुस १ । चितवनमा इजाजत बिनाका औषधि ओसारपसारमा संलग्न आठ जना पक्राउ परेका छन् ।
मंगलबार भारतबाट ठोरी नाका हुँदै आउँदै गरेको ना.४ ख ४४२५ नम्वरको गाडी चेकजाँदा गर्दा डिक्कीमा बोरामा लुकाएर ल्याएको एन्टिअक्सिडेण्ट, सिलाजित, नेट्रोभित्ता, क्याल्सियम आदि लेखेको औषधि बरामद भएको हो ।
उक्त औषधिको बजार मूल्य २१ लाख १० हजार ५ सय ३२ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङले जानकारी दिनुभयो ।
यस्तै बुधबार बिहान माडी–९ बगही खोलाको किनारको झाडीमा वेवारिसे अवस्थामा ९ लाख ९५ हजार १ सय रुपैया बरावरको औषधि बरामद भएको उहांले बताउनुभयो ।
नेटवर्कीङ व्यवसायमा संलग्नहरुले अवैध औषधि बिक्री वितरण गर्ने गरिएको प्रारम्भिक चरणमा खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्