१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कारागारमा कैदीको मृत्यु


0
Shares

चितवन, पुस १ । कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ ।

बुधबार बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको सङ्क्रण पुष्टि भएका उनको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

लागुऔषध मुद्दामा वि.सं २०७६ साउन १८ गते दुई वर्ष कैद र रु. १ लाख जरिवाना तोकिएका उनलाई नवलपुर जिल्ला अदालतबाट सजायका लागि यहाँ पठाइएको थियो ।

शुरुमा श्वासप्रश्वासमा समस्या देखिएको भए पनि सिटिस्क्यानबाट उनलाई क्षयरोग पुष्टि भएको थियो ।

उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।