१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अध्यादेश प्रकरणः ओली–दाहाल बैठक, स्थायी कमिटीका सदस्यहरु प्रतीक्षामा


0
Shares

काठमाडौं, पुष १ । संवैधानिक परिषदसम्बन्धि अध्यादेश प्रकरणले तातेको सत्तारुढ नेकपाको राजनीति सग्ल्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच दोस्रो पटब बैठक चलिरहेको छ ।

आजै बसेको पहिलो बैठकमा दाहालले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद छोड्न माग गरेपछि त्यत्तिकै टुंगिएको थियो । ओलीले दाहालको माग तत्कालै खारेज गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्ष बैठकमा बसिरहँदा दाहाल पक्षीय केही सांसद संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए ।

प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका लाञ्छना पत्रमाथि हुने स्थायी कमिटीको बैठकमा सहभागि नहुने जवाफ पनि दाहाललाई दिनुभएपछि स्थायी कमिटी भने अन्योलमा परेको छ ।

दुई अध्यक्षबीचको तिक्तताकै बीच संवाद गराउन महासचिव विष्णु पौडेल जुट्नु भएको छ र उहाँसमेतको उपस्थितिमा दुई अध्यक्ष कार्तामा सामेल भएका छन् ।

संघीय संसदको विशेष अधिवेशन बोलाउन माग पत्र बोकेर राष्ट्रपति भवनमा पुगेका नेताहरुको माग पत्र राष्ट्रपति कार्यालयले दर्ता गर्न नमान्दा उनीहरु अन्यौलमा परेका छन् ।