
काठमाडौं, पुस १ । आर्थिक वर्ष २०७७/७८ को कार्तिकसम्म संघिय सरकारको कुल खर्च गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १९ दशमलव १ प्रतिशतले बृद्धि भएको छ ।
गत वर्ष २ खर्ब २६ अर्ब १ करोड खर्च हुदा यो वर्ष भने २ खर्ब ६९ अर्ब ७ करोड पुगेको अर्थ मन्त्रालयले बुधबार जारी गरेको बुलेटिनमा उल्लेख छ ।
कुल खर्च मध्ये चाल खर्च २ खर्ब ३० अर्ब १२ करोड र पूंजीगत खर्च २९ अर्ब ४५ करोड र वित्तीय व्यवस्था तर्फ ९ अर्ब ५० करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
कोभिड १९ को महामारीका कारण चालु वर्षको शुरुका महिनाहरुमा विकास निर्माणका कामहरु पूर्ण रुपमा संचालन हुन नसक्दा पूंजीगत खर्च अपेक्षाकृत रुपमा खर्च हुन नसकेको मन्त्रालयले जनाएको छ ।
तर पछिल्लो समय विस्तारै आर्थिक गतिविधि संचालनमा आएसँगै प्रथम चौमासिकको पछिल्लो अवधिमा पूंजीगत खर्च बृद्धि भएको मन्त्रालयको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्