
अनुसन्धान, पुस १ । धनकुटामा अमिला जातका फलफूल भण्डारण गर्न सकिने वातानुकुलित कुलवोट प्रविधिको विकास गरिएको छ ।
धनकुटाको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेले स्थानीय प्रविधिको संयोजनबाट तीन हजार किलोसम्म अमिला जातका फलफूल भण्डारण गर्न सकिने वातानुकुलित कुलवोट प्रविधिको विकास गरेको हो ।
भण्डारण अवधि, बिजुलीको खपत, स्वाद, गन्ध तथा ढुसीजन्य संक्रमण जोखिमको अन्तिम विश्लेषण सकिएपछि कृषकका लागि सिफारिस गरिने कार्यक्रमका प्रमुख उमेश आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्