
काठमाडौं, पुस १ । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा अझै लगानीको वातावरण बन्न नसकेको बताउनुभएको छ ।
उद्योगपति चौधरीले बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अर्थनीति बहसको कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।
उहाँले सरकारले निजी उद्योगी व्यवसायीलाई हेर्ने नकारात्मक सोचका कारण नेपालमा लगानीको वातावरण बन्न नसकेको बताउनुभयो ।
उपयुक्त वातावरण नहुँदा नेपालमा आर्थिक क्षेत्रले गति लिननसकेको उहाँको भनाई छ ।
औद्योगिक क्षेत्रको विकासका लागि कानून निर्माताहरुको साेंचमा सकारात्मक परिर्वतन नआएसम्म नेपालमा लगानीको सहज वातावरण बन्न नसक्ने चौधरीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्