१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बसेरा बुटिक होटल सञ्चालनमा


13
Shares

काठमाडौं, पुस १ । कोरोना कहरकैबीच काठमाडौंको बबरमहलमा निर्माण भएको सुविधासम्पन्न होटलले औपचारिक रुपमा सेवा शुरु गरेको छ ।

करिब सवा दुई रोपनी क्षेत्रफलमा बसेरा बुटिक होटलको निर्माण विशिष्ट शैलीमा गरिएको सञ्चालकले बताएका छन् ।

नेपाली मौलिक कलाको प्रवद्र्धन गर्ने उद्देश्यले काठ तथा ढुङ्गाको प्रयोग गर्दै निर्माण गरिएको यो होटलमा ६० वटा विभिन्न स्तरका कोठाहरु संचालनमा रहेको व्यवस्थापन पक्षले जानकारी दिएको छ ।

यस्तै यस होटेल भित्र विभिन्न प्रकारका तीन रेष्टुरेन्ट, तीन सय जना क्षमताको तीन सभा हल र स्पा संचालनमा छन् ।

अहिले ४० जनाले रोजगारी प्राप्त गरेको यो होटल पूर्ण रुपमा संचालनमा आएपछि १ सय बढीले रोजगारी प्राप्त गर्ने अध्यक्ष विशाल पण्डितले जानकारी दिनुभयो ।