१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उखु किसानको हलो–जुवासहितको प्रदर्शन


0
Shares

sugar cane farmer show thier traditional equipment in protest venue

काठमाडौं, पुष २ । आन्दोलनरत उखु किसानले काठमाडौंमा हलो र जुवासहित प्रदर्शन गरेका छन् ।

पाँच दिनदेखि कठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका उखु किसानहरुले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका हुन् ।

सर्लाहीबाट आएका कृषकले चिनी उद्योगलाई बेचेको उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका हुन् ।

किसानले किसानको परम्परागत कृषि उपकरण हलो, जुवासहित प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनस्थलमा यी सामग्रीका अतिरिक्त उखुका लाक्रासमेत राखेका छन् ।