
काठमाडौं, पुस २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको लक्षण देखिएका विरामीलाई पनि १० दिन मात्र आईसोलेसन सेन्टरमा राख्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयको बिहीबार बसेको बैठकले कोरोनाको मध्यम खालका लक्षण भएका संक्रमित वाहेक अन्यलाई १० दिन पछि डिस्चार्ज गर्न आईसोलेसन सेन्टर र अस्पतालहरुलाई निर्देशन दिएको हो ।
मन्त्रालयले डिस्चार्ज गरिएका संक्रमितहरुको तथ्याकबारेको सूचना स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीमा राख्न समेत आग्रह गरेको छ ।
यस्तो सूचना नराख्ने अस्पतालहरुलाई प्रदेश,स्थानीय तहबाट अस्पताल नविकरण तथा सूचीकरण समेत नगरिने जनाएको छ ।
मन्त्रालयले संक्रमितको निशुल्क उपचारका लागि सोध भर्ना माग गरिएको विरामीवाट शुल्क लिएको पाइएमा सोधभर्ना नगरिने समेत निर्णय गरेका छ ।
प्रतिक्रिया दिनुहोस्