१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिनी उद्योगीलाई पक्राउ पूर्जी


0
Shares

सर्लाही, पुस २ । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाल विरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेको छ ।

उखु किसानको वर्षौंदेखिको करोडौं रकम भुक्तानी नदिएको अरोपमा अग्रवाल विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्योगपति अग्रवाल विरुद्ध पक्राउ पूर्जी जारी गरिएको जानकारी दिनुभयो ।

‘किसानले दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी गरिएको हो ।

अन्नपूर्णले किसानहरुको १७ करोड रुपैंया भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।