७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


ललितपुर महानगरपालिकाले मनायो १०२ औं स्थापना दिवस


0
Shares

काठमाडौं, पुस २ । देशकै सबै भन्दा जेठो पालिका ललितपुर महानगरपालिकाले बिहीबार आफ्नो १०२ औं स्थापना दिवस मनाएको छ ।

वि.स. १९७५ मा क्षमडोल अड्डाको रुपमा स्थापना भै नगरपालिकादेखि महानगरपालिका भएको हो ।

कार्यक्रममा मेयर चिरिबाबु महर्जनले आफ्नो कार्यकालमा भएका बिकासका बारेमा चर्चा गर्नुभएको थियो ।

ललितपुर महानगरपालिकालाई स्वच्छ हराभरा बनाउनका लागि ग्रीन एन्ड ब्लु प्रोजेक्ट सुरु गरेको पनि उहाँले जानकारी गराउनुभयो ।

७९ हजार घर भएको ललितपुर महानगरले प्रत्यक घरमा २१ औ सताब्दीलाई सुहाउँदो ब्लक नम्बर राखिने र महानगरपालिका ले निकट भबिष्य मै सेवाग्राहिको सुबिधालाई ध्यानमा राखेर इलेक्टोनिक बिलिङ्ग सिस्टम सुरु गर्न लागेको जानकारी पनि महानगरपालिका ले दिएको छ ।