
काठमाडौं, पुस २ । कोरोना महामारीका कारण ८ महिनादेखि रोकिएको चिकित्सा शिक्षा तर्फको स्नाकोत्तर तह ( पिजी ) को एकीकृत प्रवेश परीक्षा यहि पुष १८ गतेदेखि हुने भएको छ ।
चिकित्सा शिक्षा आयोगले बिहीबार सार्वजनिक गरेको सूचना अनुसार पुष १८, १९ र २० गते एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने भएको हो ।
जेठमा हुदै आएको प्रवेश परीक्षा महामारीको बीचमा यस अघि असोज २७ गतेदेखि तोकेको थियो ।
सर्वोच्च अदालतको अन्तरिक आदेशका कारण रोकिएको परीक्षा पुष १ गते सर्वोच्चले सबै रिटहरु खारेज गरे पछि परीक्षाको नयाँ मिति तोकिएको हो ।
आयोगले संक्रमितहरु समेत परीक्षामा सामेल हुन पाउने व्यवस्था गरेको छ ।
पिजीको पहिलो पटक एकीकृत प्रवेश परीक्षा हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्