
काठमाडौं, पुस २ । बाँकेको कोहलपुर नगरपालिका भित्र रहेका गन्धर्ब समाजका मानिसहरुलाई बस्ने घरको व्यवस्था गरिएको छ ।
नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरिरहेका छन् ।
नगरपालिकाको डुडुवा नहरको छेउमा रहेको गन्धर्ब बस्तिलाई नगरपालिकाकै वडा नं. ११ मा सारिएको छ ।
तराई सम्बृद्धि विकास र नगरपालिकाको सहयोगमा १ करोड २० लाख रुपैयाँ लगानीमा १० वटा घर बनाई गन्धर्बहरुलाई उपलब्ध गराएको छ ।
दोस्रो चरण अन्तर्गत ९० लाख ५८ हजार ८ सय २८ रुपैयाँ ९० पैसा लागतमा थप १० घर निर्माण गर्न लागिएको नगरपालिकाका मेयर लुटबहादुर रावतले बताउनुभयो ।
सरकारले गन्धर्ब समाजका लागि घर बनाउन उपभोक्ता समितिलाई जिम्मेवारी दिएको छ ।
तर उपभोक्ता समितिले व्यवस्थित तरिकाले घर निर्माण नगरिदिदा समस्या भएको गन्दर्भहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्