
नवलपुर, पुस ३ । जिवजन्तुको संख्यामा भएको घटबढका बारेमा जानकारी लिन जलमा आश्रित जिवजन्तु र चराचुरुङ्गीको नियमित रुपमा गणना हुने गरेको छ ।
नवलपुरमा प्रत्येक वर्ष हिउँदको समयमा जिल्लामा महिनामा दुई पटकसम्म गणना गर्ने गरिएको छ ।
भदौ असोजदेखि वैशाख जेठसम्म नारायणी किनारमा प्रत्येक वर्ष गणना गर्दै आएको संरक्षणकर्मी डीबी चौधरीले जानकारी दिनुभयो ।
चोरी शिकार नियन्त्रण युवा जागरण अभियानको संयोजकत्वमा गणना गर्ने गरिएको छ ।
मध्यवर्ती, चितवन राष्ट्रिय निकुञ्ज, जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका प्रतिनिधिलगायत सरोकारवालाको सहभागितामा गणना हुँदै आएको चौधरीले बताउनुभयो ।
विषेशगरी नारायणी नदीमा पाइने गोहीको अवस्थासँगै पानीमा आश्रित चराचुरुङ्गी, बाहिरबाट आउने पाहुना चराका बारेमा बुझ्नका लागि पनि गणना गर्ने गरिएको चौधरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्