१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा सिभिल इन्जिनियरिङ विषय अध्ययनका लागि विद्यार्थी अभाव


0
Shares

स्याङ्जा, पुस ३ । स्याङ्जाको गल्याङ नगरपालिकास्थित महेन्द्र दर्शन माध्यामिक विद्यालयमा सञ्चालित सिभिल इन्जीनियरङको डिप्लोमा अध्ययनमा विद्यार्थीको अभाव भएको छ ।

जिल्लामा प्राविधिक शिक्षा दिने उद्देश्यले नगरपालिका र विद्यालयले यो विषयको अध्ययन सुरु गरेपनि विद्यार्थीले रुची नदेखाएका हुन् ।

प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटिइभिटी)बाट मान्यताप्राप्त यो कोर्समा ४८ जनाको कोटा रहेपनि अहिले आधा संख्यामा मात्रै विद्यार्थी अध्ययनरत छन् ।

प्रचारप्रसारको अभाव, बुझाइमा समस्या र भौगोलिक विकटताका कारण अपेक्षा अनुसार विद्यार्थी नआएको विद्यालयका प्रधानाध्यापक कुलानन्द खनालले बताउनुभयो ।