१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गणेशको रुपमा ४ वर्षका रोदिन शाक्य नियुक्त


0
Shares

काठमाडौं, पुस ३ । गुठी संस्थानले जिवित देव गणेशको रुपमा ४ वर्षका रोदिन शाक्यलाई नियुक्त गरेको छ ।

शाक्यले यस अघिका सम्बेग शाक्यलाई प्रतिस्थापन गर्नुभएको हो ।

तलेजु भवानी मन्दिरका मूल पुजारी उद्दव बज्राचार्यले आज विधिवत रुपमा शाक्यलाई नयाँ गणेशको रुपमा प्रतिस्थापन गर्नुभएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २४ को पाछै गल्लीमा बस्ने शाक्यलाई उहाँकै घरमा गणेशको रुपमा प्रतिस्थापन गरिएको हो ।

सामान्यतया ४ देखि १० वर्षसम्म मात्र गणेश रहने यअघिको प्रचलन रहेपनि यस पटक विभिन्न कारणले सम्बेगले १४ वर्षसम्म गणेशको जिम्मेवारी पाउनुभएको थियो ।

जिवित देवहरु किशोरावस्थामा प्रवेश गर्नुअघि नै नयाँ गणेश छनौ गरिएको हो ।