१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तोरीमा देखियो फौजी जस्तै किरा


0
Shares

कञ्चनपुर, पुस ३ । कञ्चनपुरमा भित्र्याउने तयारीमा रहेको तोरीमा किराको प्रकोप देखिएको छ ।

पुर्नवास नगरपालिका क्षेत्रमा पाक्न लागेको तोरी बालीमा फौजी किरा जस्तै देखिने आर्मी वार्म नामक किराको प्रकोप देखिएको हो ।

किराले तोरीको कोसा तथा बोट नोक्सान गरेपछि कृषक चिन्तित भएका छन् ।

विषादीको प्रयोग गर्दासमेत किरा नमरेको उनीहरुले बताएका छन् ।

दुई साता यता पुनर्वासको अधिकांश क्षेत्रमा तोरीमा फौजी किराजस्तो किराको प्रकोप बढेको छ ।

तोरीमा कोसा लागेपछि पुतलीको लार्भाजस्तो किरा देखिने र त्यसले कोसा तथा बोटमा समेत नोक्सान गरेको कृषकको भनाइ छ ।

तोरी बालीमा किराको प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्र तथा बाली संरक्षण प्रयोगशालाको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ ।

पुर्नवास नगरपालिका क्षेत्रमा मात्रै झण्डै ५० हेक्टर तोरीबालीमा आर्मी वार्म नामक किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।