
काठमाडौं, पुस ३ । अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोप पनि स्वीकृतिको अन्तिम चरणमा पुगेको जनाएको छ ।
विज्ञहरुको सिफारिसमा दोस्रो चरणको खोपको पनि आपतकालीन स्वीकृति दिने तयारी भएको बताइएको छ ।
खाद्य तथा औषधिसम्बन्ध प्रशासनिक निकायले चाँडै नै दोस्रो खोपको पनि परीक्षणका लागि अनुमति दिने समाचारमा जनाइएको छ ।
अमेरिकाले फाइजर बायोटेक ज्याब खोपको परीक्षण सुरु गरेको केही दिनमै दोस्रो खोप पनि प्रयोगका लागि विज्ञहरुले सिफारिस गरेका हुन् ।
अमेरिकामा पछिल्ला दिनहरुमा कोरानाको मृत्युदर उच्च रहेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्