१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संसद विघटनको सिफारिश अस्वीकार गरी अभिभावकीय दायित्व निर्वाह गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह


0
Shares

काठमाडौं, पुष ५ । नेपाली कांग्रेसले संसद विघटनको सिफारिशलाई अस्वीकार गरी अभिभावकीय दायित्व निर्वाह गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गरेको छ ।

नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति निकाली संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गर्नुभएको हो ।

असंवैधानिक र आवेगपूर्ण सिफारिश अस्वीकार गरी संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपतिलाई आग्रह गर्दै कांग्रेसले भनेको छ, ‘यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिश अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपील गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरु, सबै राजनीतिक दल, संघ–संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपील गर्दछ ।’

चुनावको बेला स्थिरताको चर्को नारा दिएकातर्फ ध्यानाकर्षण गराउँदै शर्माले पार्टीभित्रको द्वन्द्वको निशानामा संसदलाई पारिएकामा आपत्ति जनाउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ ।’ शर्माले जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द्व आफैँमा लज्जास्पद रहेको भनेका छन् ।

संसद विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा पार्टीले लिएको भन्दै उहाँले त्यसलाई असफल तुल्याइने उल्लेख गर्नुभएको छ ।