१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


त्रिवि आंशिक प्राध्यापकद्धारा सिट्ठी बजाएर विरोध प्रदर्शन


0
Shares

काठमाडौं, पुस ५ । समान कामको समान पारिश्रमिक हुनुपर्ने माग गर्दै आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले आइतबार सिट्ठी बजाएर विरोध प्रदर्शन गरेका छन् ।

आंशिक प्राध्यापकहरुले आइतबार कीर्तिपुर स्थित उपकुलपतिको कार्यालय अगाडि आफ्ना मागहरु पुरा गर्न दावाव दिन सिट्ठी बजाएर प्रदर्शन गरेका हुन् ।

आंशिक प्राध्यापकहरुले एक शैक्षिकसत्र पुरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई पूर्णकालिन करार गर्नुपर्ने माग गरेका छन् ।

त्रि.वि. आंशिक प्राध्यापक संघ केन्द्रीय समितिका सचिव इश्वरचन्द्र पौडेलले विगत १५ वर्ष यता आन्दोलन गर्दै आएको र यसपटक निर्णायक आन्दोलन गरिएको बताउनुभयो ।

आंशिक प्राध्यापकहरु ‘हामी बधुवा मजदूर होइनौं, समान कामको समान ज्याला चाहन्छौं’, ‘हामी सम्पूर्ण आंशिक प्राध्यापकहरु एक हुन चाहन्छौं’, ‘त्रिभुवन विश्वविद्यालय हामी सबैको गौरव र पहिचानको धरोहर’, ‘त्रिभुवन विश्वविद्यालयमा समान कामको समान ज्याला ज्ञारेन्टी गर’ लेखिएका ब्यानर सहित प्रदर्शनमा उत्रिएका छन् ।