८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला दहन


0
Shares

पोखरा, पुस ५ । संसद विघनटनको प्रस्तावपछि पोखरास्थित पृथ्वीनारायण क्याम्पस अगाडी विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी र जनता समाजवादी पार्टी समर्थित विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले संयुक्तरुपमा पुत्ला जलाएका हुन् ।

उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

विद्यार्थीहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेपले केहिबेर अवस्था असमान्य बनेको थियो ।

प्रहरीले बल प्रयोग गर्दा विद्यार्थीहरुले क्याम्पसभित्रबाट ढुंगा हानेका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले थप बल झिकाएको थियो ।

झडपका दौरान समाजवादीका विद्यार्थी नेता नेत्र चापागाइँले प्रहरीको लट्ठी खोसेरै उनैलाई हिर्काउने प्रयास समेत गरेका थिए ।