
सुर्खेत, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रस्ताव विरुद्ध सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन भएको छ ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर सुर्खेतमास्थित नेकपा पार्टी कार्यालयबाट शुरु भएको विरोधसभा वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
संसद विघटन प्रति विरोध गर्दै नेकपा जनवर्गीय संगठन तथा कार्यकर्ताले असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्न पाइँदैन, गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौ, तानाशाह मुर्दावाद, सर्वसत्तावाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।
प्रधानमन्त्रीको कदमले जनआन्दोलन र निर्वाचनमा नागरिकले दिएको मतको अपमान भएको उनिहरुको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्