२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसद बैठक राख्न दाहाल–नेपाललाई संविधानविदहरुको सुझाव


0
Shares

lawers suggestions

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले चालेको संसद विघटनको कदम असंवैधानिक भएको र संसद जिवित नै रहेकाले बैठक बोलाउन संविधान तथा कानुनविदहरुले सुझाव दिएका छन् ।

ओलीको संसद विघटन गर्ने कदम संविधानसम्बत नभएको भन्दै उनीहरु संसद विघटन हुनै नसक्ने र नभएको भन्दै संसद बैठक राखेर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीलाई कार्वाही गर्न सुझाए ।

सिंहदरवारमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपालसहित नेताले बोलाएको बैठकमा उनीहरुले संविधानले संसद विघटनको परिकल्पना नगरेकाले ओलीको कदमविरुद्ध कदम चाल्न सुझाव दिएका हुन् ।

छलफलमा शम्भु थापा, प्रेम खड्का, राधेश्याम अधिकारी, नेपाल बारका पदाधिकारीलगायत सहभागि हुनुहुन्थ्यो ।