२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकः ओली हटाएर नेपाललाई बनाइयो अध्यक्ष


0
Shares

Dahal nepal NCP central committee

काठमाडौं, पुस ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी ओलीलाई पदबाट हटाएको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी ओलीलार्य पदबाट हटाउँदै उक्त पदमा नेपाललाई मनोनयन गरेको हो ।

स्थायी कमिटीलगत्तै बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीलाई हटाउने र नेपाललाई मनोनयन गरिएको प्रस्ताव दर्ता गरिएको छ ।

स्थायी कमिटीको प्रस्ताव केन्द्रीय कमिटीले पारित गर्ने भएकाले अब दाहाल–नेपाल समूहमा ओलीको स्थानमा नेपाल नयाँ अध्यक्ष बन्नुहुनेछ ।