२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


काभ्रेमा ओली पक्षका कार्यकर्ताद्धारा पार्टी कार्यालय कब्जा


0
Shares

काभ्रे, पुस ७ । काभ्रेस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पक्षले कब्जा गरेको छ ।

ओली पक्षका नेता कार्यकर्ताले यसअघि कार्यालयमा लगाइएको पुरानो ताल्चा फोडी नयाँ ताला लगाएका हुन् ।

बिहानैदेखि ओली पक्षका नेता कार्यकर्ताको कार्यालयमा चहलपहल थियो ।

उक्त कार्यालय हिजो पनि आफूहरुकै भएको र भोलीका दिनमा पनि आफूहरुकै हुने नेकपाका जिल्ला नेता कञ्चन अधिकारीले बताउनुभयो ।

युवा संघ काभ्रेका अध्यक्ष बिक्रम चौलागाईंले जस्तोसुकै परिस्थिति आए पनि कार्यालय नछाड्ने बताउनुभएको छ ।