
काठमाडौं, पुष ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले गरेका सबै बैठकलाई गूट भेलाको संज्ञा दिनुभएको छ ।
ओलीले आफूलाई पार्टीभन्दा पनि माथि राखेको आरोप लगाउँदै दाहाल–नेपाल समूहकातर्फबाट प्रस्तावित नयाँ अध्यक्ष नेपालले केन्द्रीय कमिटीको निर्णय नमान्ने छुट कसैलाई नभएको जिकिर गर्नुभयो ।
मंगलबार दिउँसो बबरमहलमा आयोजित दाहाल–नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा नेपालले अब एमाले पार्टी ब्युँतनै नसक्ने दाबी पनि गर्नुभयो ।
पहिलो अध्यक्ष ओलीले गरेको बालुवाटार भेलालाई गूटको संज्ञा दिनुभएका उहाँले कसैले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता नपाउने र ४४१ केन्द्रीय सदस्यमा आफूहरुको दुई तिहाई रहेको दाबी गर्नुभयो ।
ओलीले पार्टीमा एकाधिकारवादी शैली अपनाएको, दाहाललाई पटकपटक अपमान गरेको, त्यसलाई सहँदा सुख नपाइएको गुनासो उहाँको थियो ।
प्रतिक्रिया दिनुहोस्