२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु


0
Shares

बर्दिया, पुस ७ । मोटर साइकल दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटर साइकल चालक राजापुर नगरपालिका– ६ उदयपुरका २५ वर्षीय दीपेन्द्र थारु रहेको ईलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक राधेश्याम सिंह सैथवारले जानकारी दिनुभयो ।

दुर्घटनामा राजापुर– ६ जोघिपुरका सिताराम थारु घाइते भएको र उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।

कल्भर्टमा ठोकिएर मोटर साइकल दुर्घटना भएको जनाइएको छ ।