
पोखरा, पुस ७ । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा तनहुँलाई ३१ रनले हराउँदै कास्की विजयी भएको छ ।
दिपेश खत्रीले घातक बलिङ्ग गरेपछि कास्कीले तनहुँलाई ३१ रनले पराजित गरेको हो ।
गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कास्कीले तनुहँमाथि जित निकाल्दै लिग तालिकामा थप दुई अंक जोडन सफल भयो ।
पोखरा रंगशालामा भएको खेलमा जितका लागि १ सय ५५ रनको सामान्य लक्ष्य पछ्याएको तनहुँका व्याट्म्यानहरु खत्रीको धारिलो बलिङ्ग अगाडी टिक्न नसकेपछि उनीहरुको पारी १ सय २३ रनमै समेटियो ।
खत्रीले आफ्नों कोटाको पुरै १० ओभर बल फाल्दा ५ मेडनसहित मात्रै ९ रन खर्चिएर ४ विकेट लिएका थिए ।
तनहुँको तर्फबाट समिर कँडेलले ४१ रन बनाए । कास्कीको बलिङ्गमा सुवास भण्डारीले ३ विकेट लिए ।
खेलमा कास्कीका दिपेश खत्री म्यान अफ द म्याच घोषित भए ।
लिगअन्र्तगत बुधबार कास्की र नवलपुरबीच अन्तिम खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्