
काठमाडौं, पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको सम्मुखमा रहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारी र यान्छीबीच नेकपा औपचारिक विभाजनतर्फ गएकामा कुराकानी भएको जनाइएको छ ।
एमाले र माओवदाी केन्द्रबीच एकता गराई नेकपा निर्माण र त्यसयता नेकपामा भएका प्रत्येकजसो गम्भीर विवाद मिलाउन प्रमुख भूमिका खेल्दै आएको आशंका गरिएका चीनमाथि यसपटक पनि त्यही सिलसिलामा कुराकानी भएको अनुमान गरिएको छ ।
यान्छी राष्ट्रपति भण्डारीलाई धेरै पटक भ्ट्न राजदूतमा पर्नुहुन्छ ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपा विभाजनको औपचाकिर पर्खाईमा भएका बेला राजदूत यान्छी राष्ट्रपतिलाई भेट्न जानुभएको हो ।
राष्ट्रपति कार्यालयले भने यो पूर्व निर्धारित भेट भएको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्