७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


तमानगाउँमा पहिलो पटक मोटर पुग्यो


0
Shares

डम्मर बुढामगर (इमेज)
बागलुङ, पुस ८ । बागलुङको बिकट गाउँ तमानखोलाबासी अहिले दंग छन् ।

गाउँबस्तीमै पहिलो पटक मोटरबाटो पुगेपछि र गाडी गुडेको आँखै अगाडि देख्न पाउँदा उनीहरु दंग परेका हुन् ।

बागलुङको तमानखोलामा मोटरबाटो पुगेपछि स्थानीय खुशी भएकाछन् ।

घरकै आगनबाट सामान ओराल्दै गाडि कुद्न थालेपछि यहाँका बुढापाका र केटाकेटीको त झन खुशीकै सिमा छैन् ।

सदरमुकाम बागलुङबाट दुर्गम भएकालेपनि यो ठाउँ बिकासबाट ओझेलमा परेको छ ।

भौगोलिक बनावटका दुष्टिकोणले पनि यो ठाउँ बिकट र दुर्गम छ ।

दुर्गम भएकै कारण यो क्षेत्रले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार लगायतका सुविधा पाउनबाट निकै उपेक्षित हुनु परेको छ ।

तर, देश संघीय संरचनामा गएसँगै तमानखोलाबासीले दुर्गमहुनुको पीडाबाट बिस्तारै मुक्ति पाउदै गएकाछन् ।

अहिले यस गाउँपालिकाका अधिकांश गाउँ र टोलमा मोटरबाटो पुग्न थालेको छ ।

मोटरबाटो पुगेपछि गाडी नदेखेका बुढापाकालेसमेत घरै अगाडी दैनिक गाडी गुडिरहेको देख्दा दंग परेकाछन् ।

तमानखोला गाउँपालिका वडा नम्बर २ की दिलकुमारी रसाइली अहिले ६६ बर्षकी भईन् ।

गाडि गुडेको देख्दा जीवनकालकै सुखद अनुभूति गरीरहेकीछन उन्ले ।

गाउँमा मोटरबाटो नहुँदा बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म पुर्‍याउने गरेको नमिठो अनुभव यहाँका स्थानीयसंग छ ।

गाउँमा स्थानीय सरकार गठन भएपछि धेरै परिवर्तन आएको अनुभूति स्थानीयहरुको छ ।

गाउँ–गाउँलाई मोटरबाटोले छिचोलेपछि यहाँको भौगोलिक बिकटता केहि सहज भएको छ ।

बिजुली बत्तीले गाउँनै झिलिमिली भएको, स्वास्थ्य र शिक्षाको पहुँच पनि पुग्न थालेपछि यहाँको दैनिकी पनि बदलिदै जान थालेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरको भनाई छ ।

तमानखोला जस्तै अन्य गाउँपालिका र नगरपालिकाका बस्तीहरु पनि स्थानीय सरकार आएपछि सुगम बन्दै गएका छन् ।

त्यसैले पनि दुरदराजका बस्तीहरुको सुगमताकोलागि स्थानीयबासीन्दाले चाहे झै सडकलाई प्राथमिकता दिनु पर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्