३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


फूट नेकपाको झगडा कांग्रेसमा !, देउवा र पौडेलको बैठकमै चर्काचर्की


0
Shares

Sher badr Deuba and Ramchandara poudel

काठमडौं, पुस ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई चिरामा विभक्त भएको छ । फूटको औपचारिक प्रमाण पत्र पाउन मात्र बाँकी छ । र दुबै पक्ष पार्टीको नाम र चिह्नको लडाईंमा जुटेका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षका कारण सरकारले कामै गर्न नपाएको आरोप लगाउँदै संसद विघटन गरिदिएपछि उक्त दल विभाजित भएको हो ।

सत्तारुढ दल विभाजनको प्रमाण पत्र कुरिरहेका बेला मुलुकलाई वैकल्पिक नेतृत्व दिनुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा भने प्रधानमन्त्रीले गरेको संसद विघटनलाई कसरी हेर्ने भन्ने झगडामा फसेको छ ।

सभापति शेरबहादुर देउवा संसद विघटनविरुद्ध तत्काल सडक आन्दोलनमा जान चाहिरहनु भएको छैन भने नेता रामचन्द्र पौडेल किन्तु परन्तु नभनी आन्दोलनमा जानुपर्ने पक्षमा हुनुहुन्छ ।

यसै विषयमा बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवा र नेता पौडेलबीच चर्काचर्की नै भएको छ ।

केन्द्रीय सदस्यहरुले अलमल नगरी तत्काल सडक आन्दोलन घोषणा गर्न र पार्टी एक्लैले देशव्यापी प्रदर्शन गर्न माग गरिरहँदा सभापति देउवाले अहिले आन्दोलनघन्दा अदालत र निर्वाचन आयोगको निर्णय कुर्नुपर्ने धारणा राख्नुभएको थियो ।

तर नेता पौडेलले भने अरुको मुख ताकेर बस्ने होइन, हामीले जे गर्ने हो तत्काल खुरुक्क गर्नुपर्ने जवाफ लिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा देउवालाई जानकारी गराएका आशंका गरिएका बेला दलको केन्द्रीय बैठकमै अरु नेताले सभापतिप्रति संशयले हेरेका हुन् ।