१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फेदीखोलामा बालिका मृत फेला


0
Shares

स्याङ्जा, पुस ९ । स्याङ्जाको फेदीखोला गाउँपालिकामा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

फेदीखोला गाउँपालिका वडा नं १ सर्केटारीस्थित अर्जुन कुमार गुरुङको घरमा विगत ६ – ७ वर्षदेखि बस्दै आएकी १२ वर्षीया सन्ध्या सारु मगर बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बुधबार बिहानबाट हराएकी उनको खोजी गर्ने क्रममा घरबाट करिब १ सय ५० मिटर टाढा पानी ट्याङ्कीभित्र डुबेको अवस्थामा शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैइरहेको जनाएको छ ।