
काठमाडौं, पुस ११ । नेपालमा फिचर मोबाईल बिक्रि गरिरहेके कम्पनी ईन्टेक्सले स्थानीय बजारमा ईन्टेक्स टिभी लन्च गर्ने तयारी गरेको छ ।
ईन्टेक्सको शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ईन्टेक्सका नेपाल प्रतिनिधि विनय जोशीले ईन्टेक्सले अब मोबाईल मात्रै नभई विभिन्न नयाँ उत्पादनसँगै टेलिभिजन भित्राउने तयारी गरेको जानकारी दिनुभयो ।
कम्पनीले सन् २०२१ फेब्रअरीमा टेलिभिजन लन्चको तयारी गरेको छ ।
हाल स्थानीय बजारमा फिचर फोन बिक्रि गरिरहेको कम्पनी इन्टेक्सले आईभूमी तथा ईन्टेक्स मोबाईलमा अत्याधुनिक विशेषता सहित बजार प्रवेश गराएको छ ।
यी मोबाईलमा ब्लुटुथको माध्यमबाट स्मार्टफोनको कल समेत ट्रान्सफर गर्न सक्ने सुविधा रहेको नेपाल प्रतिनिधि जोशीले जानकारी दिनुभयो ।
हालै मात्र नेपाली बजारमा स्पिकर भित्राएको कम्पनीले आगामी दिनमा ईलेक्ट्रिक स्कुटर लगायतका नयाँ उत्पादन भित्राउने तयारी थालेको छ ।
प्रतिक्रिया दिनुहोस्