१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पेरिसडाँडामा आगो लगाउने महेश वस्नेतको धम्की !


0
Shares

Mahesh Basnet ncp

काठमाडौं, पुस ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश वस्नेतले पेरिसडाँडामा आगो लगाउने चेतावनी दिनुभएको छ ।

भर्खरै दुई चिरामा विभक्त भएको नेकपा ओली समूहका नेता वस्नेतले ‘प्रचण्डले बल्खु र धुम्बाराहीको पार्टी कार्यालयमा आँखा लाएमा पेरिसडाँडामा आगो लाग्छ’ भन्नुभएको हो ।

वस्नेतले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी कार्यालय बल्खु र धुम्बाराहीमा आँखा नलगाउन चेतावनी दिँदै नत्र युवाले पूर्वमाओवादीको कार्यालय पेरिसडाँडामा आगो लगाइदिने चेतावनी दिनुभएको हो ।

वस्नेतको चेतावनी थियो, ‘हामी पेरिस डाँडाको पार्टी कार्यालयमा आँखा लगाउँदैनौं । प्रचण्ड पक्षले पनि बल्खु र धुम्बाराहीमा आँखा लगाउन खोजेमा युवाहरुले पेरिस डाँडाको पार्टी कार्यालयमा आगो लगाइदिन्छन् ।’

वस्नेतले नेकपाका नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाललाई समेत लोभमा फसाइएको आरोप लगाउनुभयो ।

शनिबार ललितपुर क्षेत्र नं. १ मा भएको ओली पक्षीय भेलामा वस्नेतले नेपाललाई अध्यक्ष र खनाललाई राष्ट्रपति बनाउने लोभ देखाएर फसाइएको उहाँको आरोप थियो ।

वस्नेतले लोभमा फसेर दाहालको बुई चढेका नेपाल र खनाललाई सूर्य चिह्नमा आँखा नलगाउन भन्दै त्यसमा उहाँहरूको कुनै अधिकार नै छैन भन्नुभयो ।