
काठमाडौं, साउन ३१ । सरकारले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको अन्त्येष्टिमा राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ ।
सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विज्ञप्ति निकालेर दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जानकारी दिएका हुन् ।
नेपालको इतिहासका साक्षी दीक्षितको निधनमा मन्त्री भट्टराईले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण पनि गरेका छन् । नेपाली साहित्य, पूर्वीय दर्शन, पत्रकारिता र राजनीतिक क्षेत्रका अग्रज तथा सम्मानित व्यक्तित्व मदनमणि दीक्षितको निधनको खबरले स्तब्ध बनाएको उनले उल्लेख गरेका छन् ।
२००७ साल अघिको जहानीयाँ राणा शासन विरोधी आन्दोलन तथा पञ्चायत विरोधी प्रजातान्त्रिक आन्दोलनमा स्व. मदनमणि दीक्षितले खेल्नु भएको भूमिका सदा स्मरणीय रहेको पनि उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्