
काठमाडौं, पुस १२ । भारतीय सिने जगतका चर्चित हीरो सलमान खान पचपन्न वर्ष पुगेका छन् ।
‘दबंग खÞान’ का रुपमा मानिने सलमान खान २७ डिसेम्बर कै दिन ५५ वर्ष भएका हुन् ।
बलिवुड सिने जगतमा लामो समय राज गर्न सफल सलमानलाई चाहने युवतीको संख्या अनेकन भएर पनि उनी ५५ वर्षसम्म अविवाहित रहेका छन् ।
सिने जगतमा सलमानसँग नाम जोडिएर अनेकन हिरोइनहरुको नाम आए पनि उनले अझैसम्म एउटीलाई पनि घर भित्र्याउन भने सकेका छैनन् ।

जुन विषय भारतीय सिने उद्योगका सुपरस्टार सलमानका सन्दर्भमा सँधै चर्चाको विषय भन्ने गरेको छ ।
कोरोना भाइरसका कारण यस वर्ष सलमानले आफ्नो जन्मदिन पनवेलस्थित आफ्नै फार्महाउसमा मनाउने भएका छन् ।
बान्द्राको गैलेक्सी अपार्टमेन्टमा आफ्नो पूरै परिवारका साथ रहने सलमानले निजी जीवन साथि भने अझै जोड्न सकेका छैनन् ।
चर्चित लेखक सलीम खानका जेठा छोरा सलमान खानले आफ्नो ३० वर्ष लामो सिनेमा जीवनमा अनेकन उतार–चढाव ब्यहोरेका छन् ।
बक्स अफिस सफलताको दृष्टिले सलमान दमदार नायक मानिन्छन् ।

सन् १९८८ मा आएको चर्चित अभिनेत्री रेखाको फिल्म ‘बीबी हो तो ऐसी’ मा सहायक भूमिकामार्फत् भारतीय सिने जगतमा प्रवेश गरेका खानको पछिल्लो वर्ष १९८९ मा आएको ‘मैने प्यार किया’ डेब्यू सिनेमा यस्तो हीट भयो कि उनलाई शिखरमा चढाइदियो ।
साजन, हम आपके है कौन, लब, प्यार किया तो डरना क्या, कुछ कुछ होता है, हम दिल दे चुके सनम, दुल्हन हम ले जाएँगे, बीबी नम्बर वन, हम साथ साथ हैं जस्ता सिनेमा दिएका सलमानलाई एकताका रोमान्टिक हीरोकै दर्जामा राखिन्थ्यो ।

करण–अर्जुन, वीरगति, औजार जस्ता सिनेमा खेलेपनि सलमानको रोमान्टिक छविमा कुनै फेरबदल गर्न सकेन । तर जब आफ्नो करियरकै खराब अवस्थाबाट गुज्रिरहेका बेला सन् २००९ मा बोनी कपूरले बनाएको ‘वान्टेड’ले सलमानको छवि मात्र बदलदिएन, उनको खराब दिन पनि पूरै यू टर्न गरिदियो ।
त्यसपछिका अधिकांश सिनेमामा उनी एक्सन नायकका रुपमा देखिए र एक सय करोड आर्जन गर्ने क्लबमा सलमानका फिल्महरु एकपछि अर्को गर्दै दर्ता हुँदै गए । बडिगार्ड, दबंग, किक, एक था टाइगर, बजरंगी भाइजान, सुल्तान जस्ता सिनेमा पैसा छाप्ने मेशिन भनिन थाले ।
उनका सिनेमा उनले अपनाएका शैली युवा पुस्तामा चर्चा रहन थाल्यो । उनलाई आम जनता आफ्ना सुपरस्टारका रुपमा लिन थाले । जबकी त्यही बेला भारतीय सिने उद्योगमा अर्का दुई खान आमिर र शाहरुखको उत्तिकै दबदबा थियो ।

बीईग ह्युमन नामक परोपकारी संस्थामार्फत् गरीब र असहायका बीचमा पुग्ने सलमान भारतीय सिने जगतमा एक मात्र सुपरस्टार भएको बताउछन् र नाम लिन्छन् ‘अमिताभ बच्चन’ !
सन् २००२ मा हिरणलाई मारेर भागेको हीट एण्ड रन केसमा परेका उनले लामो समय कानुनी झमेला मात्र ब्यहोरेनन्, रिलमा मत्र होइन रियल जीवनमा पनि जेलको यात्रा गराइदियो ।

ऐश्वर्य रायसँगको प्रेम प्रसँग र छुट, विवेक ओवारयसँगको झगडा, शाहरुख खानसँगको दुश्मनीका साथ साथ अनेकन महिला पात्रसँग जोडिएर आउने सम्बन्धका कारण पनि सलमान विवाद र चर्चामा सँधै रहिरहेका छन् ।

एजेन्सीहरुको सहयोगमा ।
तस्वीरः वेब
प्रतिक्रिया दिनुहोस्