१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गंगामायाको स्वास्थ्य अवस्था नाजुक बन्दै


0
Shares

काठमाडौं, पुस १३ । माओवादीबाट हत्या गरिएका छोराका हत्यारालाई कारबाहीको माग गर्दै अनसनमा बसेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्याय दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गर्नुभएको छ ।

पछिल्लो पटक राष्ट्रिय ट्रमा सेन्टरमा १२औं पटकको अनसनमा रहेकी अधिकारीले प्रधानमन्त्रीले पटक पटक आश्वासन दिएर पनि न्याय दिलाउन नसकेको दुखेसो गर्नुभयो ।

अनसन बसेको ८औं दिनमा उहाँको स्वास्थ्य अवस्था विग्रिएको छ भने स्वास्थ्य जाँच गर्न पनि अस्वीकार गर्नुभएको छ ।

वि.स. २०६१ साल जेठ २४ गते तत्कालिन माओवादीले चितवनमा अधिकारीका कान्छा छोरा कृष्ण प्रसाद अधिकारीको हत्या गरेका थिए ।

छोराका हत्यारालाई कारबाहीको माग गर्दै अनसन बसेकै अवस्थामा गंगामायाका पति नन्दप्रसाद अधिकारीको वि.स. २०७१ साल असोज ६ गते निधन भएको थियो ।

अधिकारीको शवको अझै अन्तिम संस्कार हुन सकेको छैन ।