१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ब्रोकर कमिसन घटाउदा ब्रोकर असन्तुष्ट


0
Shares

काठमाडौं, पुस १३ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय व्यवहारिक भएको जनाएको छ ।

गत आइतबार देखि लागू हुने गरी बोर्डले ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएको थियो ।

यस प्रति ब्रोकर एशोसिएसन असन्तुष्ट भै बोर्ड समक्ष विभिन्न माग राखेको छ ।

यस सन्दर्भमा बोर्डका कार्यकारी निर्देशक निरज गिरिले कमिसन घटबढ सामान्य प्रक्रिया भएकोले अलमलमा पर्नु नपर्ने बताउनु भएको छ ।

बजारमा उठेको सबै रकम ब्रोकरले मात्र लिएजस्तो देखिएपनि २० प्रतिशत नेप्से तथा ६ प्रतिशत बोर्डलाई नै बुझाउनु पर्ने, आफुहरुको सञ्चालन खर्च बढेको, पछिल्ला बर्ष घाटा बेहोरेको जस्ता कारणले कमिसन घटाउँदा मारमा परेको बताउनुहुन्छ स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष धर्मराज सापकोटाका ।

लगानीकर्ताहरुले भने कारोबार अनलाइन प्रणालीमा गैसकेको र आकार पनि बढ्दै गएकाले कमिसन ५० प्रतिशतले घटाउनुपर्ने माग गर्दै आएका थिए ।