१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाका कारण १७ लाख नेपालीको रोजगारी गुम्यो


0
Shares

काठमाडौं, पुस १४ । कोरोना (कोभिड १९) ले गर्दा स्वदेश तथा विदेशमा गरि १७ लाख बढि नेपालीले रोजगारी गुमाएका छन् ।

कोभिड १९ का कारण देशैभित्र सबैभन्दा बढिले रोजगारी गुमाएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

कोभिडका कारण विदेशमा ३ लाखले रोजगारी गुमाएका छन् भने देशभित्र ९ लाखको रोजगारी गुमेको छ ।

यस्तै वार्षिक ५ लाख नेपाली श्रम बजारमा भित्रिने गर्छन् ।

यसै तथ्याकं अनुसार हाल १७ लाख बेरोजगारी भएको देखिएको हो ।

यस अनुसार तत्काल १० लाख लाई व्यवस्थापन गर्नुपर्ने देखिएको आयोगले जनाएको छ ।

नेपालबाट वार्षिक ४ लाख हाराहारीमा नेपाली बाहिरिने गरेको आयोगको तथ्याकं छ ।

यसै तथ्याकं अनुसार पनि यस वर्ष ४ लाख बाहिर जान नसक्दा पनि बेरोजगारी बढेको आयोगको आँकलन छ ।

आयोगले वैदेशिक रोजगारीमा जाने नेपालीहरुमा कोरोनाले पारेको प्रभाव सम्बन्धि अध्ययन गरेको थियो ।

आयोगले १ सय १२ देशमा रहेका नेपालीमा गरेको अध्ययन अनुसार ३५ लाख नेपाली अन्य देशमा छन् ।

ति देशमा रहेका ३२ लाख नेपाली ६ महिना भन्दा बढि बस्ने गरेका छन् ।

ति नेपालीहरु ६ लाख फर्कने अवस्थामा छन् ।

त्यसमध्ये ४ लाख नेपाली कोभिडका कारण तत्कालै फर्कनुपर्ने अवस्थामा छन् ।

तर सरकारी तथ्याकं अनुसार हालसम्म १ लाख ९४ हजार नेपाली स्वदेश फर्किएका छन् ।

१० लाख नेपालीलाई भने तत्कालै रोजगारीको आश्यकता रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।