१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटामा कोभिड अस्पताल सञ्चालनमा


0
Shares

धनकुटा, पुस १४ । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

गाउँपालिकाको सामुदायिक भवनमा पाँच बेडको अस्पताल सञ्चालनमा ल्याइएको हो ।

अस्पताल सञ्चालनमा आएपछि कोरोनाको उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताउनुभयो ।

अस्पतालले कोरोना उपचारसहित अन्य सबै स्वास्थ्य सेवा दिने जनाइएको छ ।

अस्पतालमा एक जना डाक्टरसहित ६ जनाको स्वास्थ्य टोलीले २४ घण्टे सेवा दिने बताइएको छ ।