१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री पौडेलबाट उपनेता र काभ्रेमा अध्यक्ष बर्खास्त


0
Shares

काभ्रे, पुस १४ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकटेल र सचेतक वुद्धिमान सचेतकलाई बर्खास्त गरेका छन् ।

आफू विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको आरोपमा उनीहरुलाई मुख्यमन्त्री पौडेलले बर्खास्त गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी काभ्रे जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाँई र सचिव टोक बहादुर वाइवालाई ओली पक्षले बर्खास्त गरेको छ ।

जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको अध्यक्षतामा बसेको वैठकले चौलागाई र वाइबालाई पदमुक्त गरि अशोक ब्याञ्जुलाई अध्यक्ष र नारायण पाण्डेलाई सचिव बनाउने निर्णय गरेको हो ।

पार्टी एकता भएको अढाई वर्षको अवधिसम्म जिल्ला कमिटीको एउटा पनि बैठक र कुनै पनि कार्यक्रम गर्न नसकेको, गुटगत गतिविधि गरेको तथा संगठनात्मक पद्धती विरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै उनीहरुलाई हटाइएको हो ।