
चितवन, पुस १५ । चितवनको नारायणी किनारमा निर्माण सुरु गरिएको हात्तीस्तम्भ विवादमा परेको छ ।
वर्षामा आएको बाढीले हात्ती र हात्ती राख्ने स्थान बगाएपछि चितवनमा निर्माण सुरु भएको थियो ।
भरतपुर महानगरपालिका– १ नारायणी नदी किनारमा पिलरसहित संरचना बनाउन सुरु गरेपछि भरतपुर महानगरले निर्माणको काम रोकेको हो ।
७ दिन अघिदेखि निर्माण भइरहेको भएपनि महानगरले आजदेखि अर्को निर्णय नहुँदासम्मका लागि काम स्थगित गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिनुभयो ।
नारायणी किनारमा गुरुयोजना अनुसार विकास निर्माणको काम गरिने र अहिले बनाएका संरचनाले त्यसमा असर पुग्न सक्ने भन्दै काम रोकेको बताइएको छ ।
प्रदेश र संघीय सरकारकाले २३ करोड लगानीमा नारायणी नदी किनारलाई सी वीचको मोडमा विकास गर्ने लक्ष्यका साथ अहिले पर्यटन विभागले साँढे ६ करोडको टेण्डर आह्वान गरेको छ ।
यता भरतपुर– १ का वडाअध्यक्ष जयराम श्रेष्ठले पुरानै स्थानमा मर्मतसहित हात्तीस्तम्भ बनाएकाले काम नरोकिने बताउनुभयो ।
पाँच वटा टोलविकास संस्थाले सवैको हितका लागि उक्त स्तम्भ बनाएको भन्दै निर्माणकार्य नरोकिने बताउनुभयो ।
यसले महानगरको गुरुयोजनालाई केही पनि असर नपार्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्