
प्रज्ञा तिमल्सीना (इमेज)
काठमाडौं, पुस १५ । बेलायतबाट शुरु भएको नयाँ प्रकारको कोरोना भाइरस हाल विभिन्न देशमा फैलिइसकेको छ ।
नेपाल पनि पुस १ गतेदेखि बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेर परीक्षण गर्दा केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
तर बेलायतमा देखिएको नयाँ स्वरुपको भाइरस भए नभएको भने पुष्टि भइसकेको छैन ।
बेलायतबाट नेपाल आएका १९३ जना मध्ये ५ जनामा कोरोना संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा पाँच जनामा संक्रमण फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ ।
बेलायतबाट आएकाहरु मध्ये ४८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
संक्रमण पुष्टि भएकाहरुमा पनि केही उपत्यकाका नै हुन ।
तर उनीहरुमा फेला परेको भाइरस नयाँ प्रकारको हो वा होइन भन्ने पुष्टि भइसकेको छैन् ।
महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भाइरसको वंशाणु के हो भन्ने पत्ता लगाउन सकिने मेसिन नेपालमा नभएकाले त्यसको अध्ययन गर्न केही समय लाग्ने र परीक्षणका लागि हङ्कङ् पठाउनु पर्ने बताउनुभयो ।
बेलायतमा देखिएको नँया प्रजातीको भाइरसको संक्रमण दर हाल फैलिरहेको भाइरसको भन्दा ७० छिटो रहेको देखाएको छ ।
तर संक्रमणले गम्भिर खालको समस्या भने देखाएको छैन् ।
उक्त भाइरस नेपालमा समेत फैलन सक्ने सम्भावना उच्च रहेको डा. पाण्डे बताउनुहुन्छ ।
हाल भारतको नँयादिल्लीमा समेत ८ जनामा नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ ।
वैज्ञानिकहरुले भाइरसको प्रवृती समय अनुसार परिवर्तन हुदै जाने बताउँदै आएका छन् ।
तर उक्त प्रजातीको भाइरसमा छुट्टै प्रवृतिको लक्षण भने देखिएको छैन् ।
भिडियो हेर्नुहोस्
भिडियो : भरत केसी
प्रतिक्रिया दिनुहोस्