
काठमाडौं, पुस १५ । कोरोनाका कारण विगत एक वर्षदेख बन्द रहेको चिनसँगका नाका अझै सहज बन्न नसक्दा व्यापार घाटा सहन नसकेर व्यापारीले ज्यानै सम्म गुमाएका छन् ।
अर्बौ लगानी गरेर व्यवसाय गरेकालाई कोरोनाले असर त गरेको छ नै त्यसमा पनि सरकारले प्रभावकारी रुपमा समन्वय गर्न नसक्दा लगानी डुबेपछि थुप्रै व्यवसायी पलायन त भएकै छन् कतिपयले त आत्महत्या सम्मको बाटो रोजेका छन् ।
११ महिना अघि अर्डर गरिएका मालवस्तु भर्खर आउदैछन् ।
त्यसमा पनि विभिन्न झमेला सहेर नौ लाख रुपैया सम्मको भाडा स्वस्प अतिरिक्त तिर्नुपर्दा व्यवसायी झमेलामा परेका छन् ।
चिनिया व्यपारीले सामानको अर्डर लिने तर पठाउन बखेडा गरेको नेपाली व्यवसायीको आरोप छ ।
नेपाल सरकारको पहल प्रभावकारी नभएकोमा व्यवसायीको दुखेसो छ ।
शुरुका दिनमा चिनमा संक्रमण पछि नेपालमै संक्रमण बढ्दैजाँदा लकडाउन लगायतका कारण ढुवानी प्रक्रिया सामान्य अवस्थामा आउन समय लागेको सरकारी भनाई छ ।
कोरोनाका कारण उत्पन्न असहज परिस्थीतिलाई सहज बनाउन दुई मुलुकबीच पहल भैरहेको बताउनुहुन्छ-भन्सार विभागका महानिर्देशक सुमन दाहाल ।
केरुङ र तातोपानीको नाका कहिले खुल्ने र कहिले बन्द हुने हुदा अहिले केही व्यवसायीले पानीजहाजबाट सामान आयात गरिरहेका छन् ।
तर यसरी आयात हुँदा एक त समय बढी लाग्ने अर्को सामानको गुणस्तरमा पनि ह्रास आउने गरेको व्यवसायीको गुनासो छ ।
छोटो नाका सहज रुपमा सुचालु गर्न चिनिया बिचौलियाको एकाधिकार पनि अन्त्य हुन जरुरी रहेको बताइएको छ ।
जसका लागि उच्चस्तरी सरकारी पहल आवश्यक रहेकोमा व्यवसायीको जोड छ ।
प्रतिक्रिया दिनुहोस्