
तस्विर फाइल
काठमाडौं, पुस १५ । नेपाली कांग्रेसले यो वर्षको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न केन्द्रीत हुने जनाएको छ ।
कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमविरुद्ध सबै शक्तिलाई एक ठाउँमा उभ्याउनका लागि केन्द्रित हुने बताउनुभयो ।
कांग्रेसले २०३३ साल पुस १७ गतेदेखि हरेक वर्ष सोही दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्